stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

निःशुल्क पाठेघर शिविर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

लमजुङ । बेसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन् । वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र सहयोगी स्काइ क्लबले संयुक्त रुपमा शिविरको आयोजना गरेका थिए ।
चण्डीस्थान स्वास्थ्य चौकी भवनमा सञ्चालन गरिएको शिविरमा पाठेघरको परीक्षण गराएका मध्ये एक जनामा अर्बुद्ध रोग र अर्को एकको पाठेघरमा ट्युमरको समस्या देखिएको जिल्ला सामुदायिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा हेमा छन्त्यालले जानकारी दिनुभयो । त्यस्तै, चिकित्सकका अनुसार ३० मा पाठेघरको मुखमा घाउ र १० मा पाठेघर खस्ने समस्या भएको पाइएको छ । शिविरमा चार जनाको पाठेघरमा रिङप्रेसरी राखिएको छ । शिविरमा चिकित्सक छन्त्याल, स्वाथ्यकर्मी सुशीला रिमाल र सङ्गीता भण्डारी, चण्डीस्थान स्वास्थ्य चौकीका अनुपमा रेग्मी र अशोक तामाङ गरी पाँच स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।
महिलामा पाठेघर खस्नु, सङ्क्रमण हुनु र अन्य समस्या देखिनु मुख्य कारण कम उमेर बच्चा जन्माउनु चाँडोचाँडो बच्चा जन्माउनु, सरसफाइमा ध्यान नदिनुलगायतका कारण रहेकोस्त्रीरोग विशेषज्ञ छन्त्यालले जानकारी दिनुभयो ।
शिविर वल्र्डभिजन इन्टरनेशनल नेपाल र जनचेतना अभिवृद्धि तथा विकास अध्यान समिति (कोपाडेस) को आर्थिक सहयोग तथा बेँसीशहर नगरपालिका–६ वडा कार्यालय र चण्डीस्थान स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन गरिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताउनुभयो । ग्रामीण भेगमा अधिकांश महिला समस्या भएर पनि लुकाएर राख्ने हुनाले महिलालाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari bank
kumari