stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

चेक ‘बाउन्स’ केसमा खुस्बु ओलीलाई दुई वर्ष कैद

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल । शनिबार, १७ फागुन २०७६

काठमाडौं । घर जग्गा खरिद विक्रीका क्रममा मोडल तथा अभिनेत्री खुस्बु ओलीले दिएको चेक बाउन्स भएपछि दुई वर्ष जेल बस्न पर्ने भएको छ ।  काठमाडौं जिल्ला अदालतले लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाई पछि न्यायाधीश कृष्ण भट्टराईको इजलासले ओलीलाई दोषी देखाउदै दुई वर्ष जेल सजायको फैसला गरेको हो ।

ओलीले गोपाल कटुवालसँग दुई वर्षअघि सप्तरीको राजविराज–८ को घरजग्गा खरिदका लागि भन्दै ३६ लाख रुपैयाँ ऋण लिएको अदालतमा दायर गरिएको मुद्दामा उल्लेख छ । ओलीले उक्त ऋण चुक्ता गर्न कुमारी बैंक न्यूरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएकी थिइन तर उक्त चेक ‘बाउन्स’ भएपछि ओली फन्दामा परेकी छिन ।

गत वर्ष उनले काठमाडौँ जिल्ला अदालतमा खुस्बु विरुद्ध चेक अनादरको मुद्दा दायर गरेका थिए । गत जेठमा अदालतले खुस्बुलाई ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाका अतिरिक्त चेक काटेको मितिदेखिको साँवा, ब्याज समेत तिर्नुपर्ने फैसला गरेको थियो । खुश्बु ओली प्रहरीको इन्काउन्टरमा मारिएका काठमाडौंका ‘डन’ दिनेश अधिकारी ‘चरी’की प्रेमिका हुन ।

prabhu mahalaxmi
kumari