stcnepal long ad
global ime bank long

चैत्रमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय महाधिवेशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शनिबार, १७ फागुन २०७६

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय महाधिवेशन एक महिना पर सरेको छ । आगामी २०७६ फागुन २१–२३ गते हुने भनिएको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय महाधिवेशन आगामी चैत्र २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने गरी मिति हेरफेर गरिएको हो। २०७६ फागुन १४ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिले विशेष कारणबस सो निर्णय गरेको जानकारी दिएको छ ।

“नेरेसोलाई कानुनी हिसावले सुदृढ र व्यवस्थित गर्न नेपाल रेडक्रस र नेपाल सरकारका विभिन्न निकायहरुको बीचमा भरहेको छलफल र पहललाई थप बल पुर्याउनुका साथै संस्थागत सकारात्मक परिणाम हासिल गर्ने सन्दर्भमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीको मुख्यालय जेनेभालाई वस्तुगत जानकारी गराई संस्थागत अनुरोध गरिए अनुसार केही समय आवश्यक हुने भएका कारण महाधिवेशनको मिति एक महिना पर सारिएको हो ।” कार्यसमितिको वैठक पश्चात नेरेसो अध्यक्ष सञ्जीव थापाले जानकारी दिए।

महासंघको टोली आगामी हप्ता नेपाल आई नेपाल रेडक्रस सोसाइटीको संस्थागत सुदृढीकरणका विविध विषयमा नेपालका रेडक्रसकर्मी तथा बाह्य सान्दर्भिक पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

संस्थागत यो पहलले नेपाल रेडक्रसलाई आधारभूत सात सिद्धान्तका आधारमा मानवीय सेवालाई निरन्तरता दिन सघाऊ पुर्याउने र सरकार लगायत विभिन्न निकायहरुको सुसम्बन्धलाई थप टेवा दिने अपेक्षा नेरेसोले गरेको छ ।

IME Lifesidebar
kumari