नेपाल टेलिकमको नगद लाभांश सेयरधनीको खातामा
काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई आज चैत १६ गतेबाट सेयरधनीको खातामा नगद लाभांश पठाउन सुरु गरेको छ । टेलिकमले फागुन २६ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो ।
उक्त मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीको भनाई छ । कम्पनीको चैत १३ सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को नाफबाट ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।























