citizens life insurance long ad
stcnepal long ad

आज तराईमा होली पर्व मनाइँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । तराईका जिल्लामा आज होली पर्व मनाइँदैछ । आज रङ, अबिर दलेर, शुभकामना साटासाट गर्दै, होलीका गीत गाउँदै पर्व मनाइँदै छ ।

असत्यमाथि सत्यको विजय भएको उत्सवको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसमा भएका कटुतालाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ । तर, यसपालि कोरोनाको जोखिम बढेकाले सामूहिक रुपमा होली नमनाउन सरकारले आग्रह गरेको छ ।

भारतसँगका सीमा क्षेत्रमा कोरोना महामारीको जोखिम उच्च रहेकाले सार्वजनिकस्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सरकारले आग्रह गरेको छ । आज तराईका जिल्लामा सार्वजनिक बिदा छ ।

 

IME Life
kumari