citizens life insurance long ad
stcnepal long ad

प्यारागन म्यानेजमेन्टका सञ्चालक रङ्गेहात फेला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैदेशिक रोजगार विभागले अनुगमन गर्दा प्यारागन म्यानेजमेन्ट प्रालिका सञ्चालक रङ्गेहात फेला भेटिएका छन् ।वैदेशिक रोजगार विभागको टोलीले अनुगमन गर्ने क्रममा म्यानेजमनेन्टका सञ्चालकलाई प्रतिव्यक्ति २ लाख २० हजारका दरले रकम असुल गर्दै गरेको अवस्थामा फेला पारेको हो ।

नुवाकोट घर भएका सञ्चालकले कतारमा बाइक राइडरका लागि पठाउने भन्दै ३ युवाबाट १ लाख ५० हजार लिएको अवस्थामा विभागको टोलीले रङ्गेहातै भेटेको हो । नुवाकोटका राजन सुनार, इटहरी र ताप्लेजुङका एक–एक जना युवाबाट उक्त रकम उठाउन खोजिएको हो ।

पीडित युवाहरुका अनुसार कम्पनीले २ जना युवाबाट ६/६० हजार र एक युवाबाट ५० हजार रकम यसअघि नै लिइसकेको र भिसा आएपछि थप रकम दिनुपर्ने बताएको थियो । उक्त कम्पनीले यसअघिका घटनामा समेत २ करोडबढि धरौटीको रकम नतिरेको समेत विभागले जनाएको छ । फ्रि भिसा र फ्रि टिकमा सकेत कामदार लुटिने र दलाल मोटाउने क्रम बढ्दै गएको छ ।

IME Life
kumari