stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालको आर्थिक विकासका लागि यूरोपियन युनियनले नयाँ परियोजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको आर्थिक विकासका लागि क्षेत्रीय तथा विश्वव्यापी मूल्य श्रृङ्खलामा सुधार ल्याउन यूरोपियन युनियनले नयाँ परियोजना कार्यान्वयनमा ल्याउने भएको छ ।

बिहीबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय व्यापार केन्द्रले परियोजना कार्यान्वयन गर्ने गरी युरोपियन युनियनले नेपालको पश्मिना र कफी उत्पादनको क्षेत्रमा लगानी गर्ने जनाएको हो । कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा कार्यान्वयनमा आउने भएको छ ।

परियोजनाको लगानी ८ मिलियन युरो बराबरको हुनेछ जसमध्ये अन्तर्राष्ट्रिय व्यापार केन्द्रले ५ मिलियन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपालमा रहेको युरोपियन युनियनको कार्यालयले संयुक्त रुपमा ३ मिलियन खर्च गर्नेछन् ।

कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कफी र पश्मिनाको उत्पादन बढाउने र अन्तर्राष्ट्रिय बजारमा व्यापार अभिवृद्धि गर्नका लागि उक्त सहयोग महत्वपूर्ण हुने बताए । उनले परियोजनाले कुनैपनि व्यक्तिले उत्पादन गरेको वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने वातावरण निर्माण गर्ने समेत बताए ।

आयोजनाले क्षेत्रीय र विश्वव्यापी मूल्य श्रृङ्खलामा नेपाली उद्यामीहरुको सहभागिता बढाउने लक्ष्यसमेत लिएको छ । त्यस्तै यो परियोजनाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा निर्यात प्रवर्द्धन केन्द्रको क्षमता अभिवृद्धि गर्नुका साथै व्यापार नीतिहरुमा सुधार गर्ने र व्यापार सम्झौताको कार्यान्वयनमा जोड दिनेछ ।

त्यस्तै एक व्यापार सुविधा र निर्यात नीतिको विकास गर्ने छ भने कफी तथा पश्मिना उत्पादन गर्ने साना किसानहरुलाई बजारमा जोडने र यसको मूल्य श्रृङ्खलामा क्षमता अभिवृद्धि गर्नमा जोड दिनेछ ।

IME Lifesidebar
kumari