stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

विदेशी पुस्तक भित्राएर ३०–४० प्रतिशत नाफा खाँदा १० प्रतिशत कर तिर्न नसक्ने ? : अर्थमन्त्री

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका युवराज खतिवडाले नाफाका लागि पुस्तक आयात गर्नेहरुलाई कर लगाउनु जायज भएको बताएका छन् । पुस्तक आयात गर्दै आएकाहरु व्यापारीहरु करको विरोधमा छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा खतिवडाले आफूले स्वदेशी उद्योगको संरक्षणको लागि आयातित पुस्तकहरुमा कर लगाएको बताउँदै त्यसरी आयात गरिने पुस्तकमा ३०–४० प्रतिशतसम्म नाफा गर्नसक्नेले १० प्रतिशत कर तिर्न किन नसक्ने ? भनी प्रश्न गरे ।

पुस्तकको कारोबार व्यापार नै भएकाले यसमा सरकारले कर उठाउने कुरा जायज भएको उनको जोड थियो । खतिवडाले स्वदेशी प्रेस तथा छापाखानाको संरक्षणका लागि विदेशबाट आयातित पुस्तकमा कर लगाउने निर्णय गरिएको र अरु देशहरुमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाउने गरिएको बताउँदै नाफाका लागि आयातित पुस्तककमा कारण अर्बौं रुपियाँ लगानी गरेर स्थापना भएका प्रेस र छापाखानाहरुले मेसिन र कागज दुवैमा कर तिर्नुपर्ने, करै नतिरी ल्याउने पुस्तकसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने कुरा तर्कसंगत नभएको बताए ।
करै नलाग्ने भएपछि पुस्तकमा जथाभावी मूल्य राखेर बिक्रीवितरण हुने गरेको भन्दै पुस्तकको व्यापार व्यापार नै हो भने । पुस्तकको व्यापारलाई ज्ञानसँग नजोड्न आग्रह गर्दै खतिवडाले ज्ञानको आदानप्रदान मात्रै हुने भन्दै मानिसहरुलाई दिग्भ्रमित पार्ने काम नगर्न सल्लाह दिए ।

उनले भने, ‘नाफामा कर लगाइएको हो, ज्ञानमा कर लगाइएको होइन। व्यापार गरेर नाफा धेरै कमाएपछि कर उठाइन्छ । कर लगाएपछि पुस्तक नै बिकेनन् भनेर हल्ला गरिएको छ । कर छलेर ल्याएको पुस्तक समात्दा ज्ञान पक्रिइयो भन्ने गरिएको छ।’

prabhu mahalaxmi
kumari