stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

इन्सपेक्टरसहित १६ जना प्रहरी निलम्बन गर्न अख्तियारको पत्र

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

काठमाडौं  ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपाल समेत १६ जना प्रहरीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउदै गरेको ना.६ख. ४९३२ नं. को कन्टेनर चेकजाँच गर्ने क्रममा चालक फुर्वा पासाङबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडेको र उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी खाएको भन्दै आयोगले निलम्बन गर्न पत्राचार गरेको हो ।

आयोगबाट अनुसन्धान भइरहेको अवस्थामा संलग्न व्यक्तिहरु पदमा बहाल रही रहँदा आफ्नो बिरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धान तहकिकातमा बाधा पुर्‍याउन सक्ने देखिएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा(३) बमोजिम निलम्बनका लागि पठाईएको आयोगले जनाएको छ ।

आयोगका अनुशार निलम्बन गर्न पत्राचार गरिएका प्रहरी कर्मचारीहरुमा प्रहरी निरीक्षक खेम प्रसाद नेपाल, प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दार रामशरण रिमाल, प्रहरी हवल्दार पुरुषोत्तम खत्री, प्रहरी हवल्दार रामकाजी लामा, प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ, प्रहरी जवान शिव नारायण चौधरी, प्रहरी जवान युवराज खरेल, प्रहरी जवान भविलाल रुम्बा लामा, प्रहरी जवान रामचन्द्र वि.क., प्रहरी जवान रिता चौधरी, प्रहरी जवान मनोज आले, प्रहरी जवान छेक्यु डोल्मा मोक्तान, प्रहरी जवान तारा बहादुर प्रजा र प्र.का.स. हरी बहादुर श्रेष्ठ रहेका छन् ।

prabhu mahalaxmi
kumari