citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

टर्किस एयरमा चेम्बर सदस्यलाई १० प्रतिशतसम्म छुट

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्सबीच आपसी समर्थन, लाभ र सहयोगको पहिचान स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच संस्थागत स्तरबाट र व्यक्तिगत स्तरमा सम्बन्ध विस्तार गर्ने कार्यक्षेत्रको सराहना भएको छ ।

समझदारीले दुई पक्ष दुवैका बीचमा राम्रो समन्वयको भावना जगाउँछ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीचमा हस्ताक्षर समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससँग आवद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने सहुलियत प्रधान गर्ने सहमति भएको छ । टर्कीस एयरलाइन्सले नेपाल चेम्बर अफ कमर्सलाई इकोनमी क्लासमा ७ प्रतिशतसम्म र बिजनेस क्लासमा १० प्रतिशतसम्म छुट दिने भएको छ ।

तर यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोडशेयर उडानमा लागू हुने छैन् । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच बिद्यमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल–टर्कीसबीच आर्थिक तथा पर्यटन प्रवद्र्धनको लागि कोसेढुङ्गाको काम गर्ने बताए ।

उनले नेपाल चेम्बर अफ कमर्स र टर्कीस चेम्बर अफ कमर्स बीच व्यवसायिक लगानी, पर्यटन र व्यापार गर्ने सहकार्य भएको बताए ।

gold
himalayan life insurance long ad