sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

घट्यो सुन–चाँदीको भाउ घट्यो , कति छ आजको मूल्य ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

काठमाडौं । बुधबार सुन–चाँदीको भाउ घटेको छ । दिनहुँ भाउ बढेर नयाँ–नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य मंगलबार र बुधबार भने सामान्य रुपमा घटेको हो । बुधबार छापावाला सुनको भाउ प्रति तोला ५०० रुपैयाँले घटेर ७९ हजार ५०० रुपैयाँमा झरेको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रति तोला ५०० रुपैयाँले नै घटेर ७९ हजाार २०० रुपैयाँमा आएको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी गराएको छ । पछिल्लो समय सुनको मूल्य चुलिनुमा कोरोना भाइरसलाई प्रमुख कारण देखाइएको छ । यस भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् ।

तर अत्याधिक बढेकाले २ दिनयता भाउ करेक्सन भएको सुन व्यवसायीहरुको भनाई छ । यस्तै, चीन–अमेरिका विवाद अझै पूर्णरुपमा समाधान भइनसकेको, अमेरिका र इरानबीचको बढ्दो विवाद लगायतका कारण सुनको भाउ उकालो लागेको व्यवसायीहरु बताउँछन् । विश्व बजारमा भाउ चुलिएपछि नेपाली बजारमा स्वतः वृद्धि हुने गर्छ ।

gold
kumari bank
nawakantipur long