citizens life insurance long ad
stcnepal long ad

रोपाइँअघि नै मलको तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले यसपालि धान रोपाइँको समयमा मलको अभाव हुन नदिने गरी अहिलेदेखि तयारी थालेको छ । प्रत्येक साल धान रोपाइँको समयमा मलको अभाव हुने गरेकामा यसपालिदेखि त्यस्तो हुन नदिने गरी तयारी भइरहेको कृषि सचिव डा। योगेन्द्रकुमार कार्कीले बताउनुु भएको छ ।

मन्त्रालयमा सरोकारवालासँग बुधबार भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै सचिव कार्कीले धान रोपाइँको समयमा प्रयोग हुने मलका लागि अहिले नै बोलपत्र आह्वान गरी मल आयात गरेर भण्डारण गरी राख्ने तयारी भइरहेको छ ।

विगतमा धान रोपाइँ सुरु भएपछि रासायनिक मल आयात गर्न सुुरु हुन्थ्यो, त्यो मल आउँदाआउँदै रोपाइँ सकिन्थ्यो । त्यसो गर्दा मलको अभाव हुन्थ्यो । त्यो अभाव हुन नदिन अहिले नै २० हजार मेट्रिक टन युरिया मल ल्याउने बोलपत्र आह्वान भइसकेको छ अरू हुने तयारीमा छ ।
बङ्गलादेशबाट पनि फागुनको पहिलो हप्ता ५० हजार मेट्रिक टन मल आइपुुग्ने जनाउँदै सचिव डा. कार्कीले अहिले ६१ हजार मेट्रिक टन मल मौज्दात रहेको र ७० हजार मेट्रिक टन मल आउने क्रममा रहेको बताउनुभयो । रासायनिक मल बिक्री वितरणका लागि मन्त्रालयले निर्देशिका पनि जारी गरिसकेको छ ।

सोही निर्देशिकाबमोजिम प्रदेशदेखि स्थानीय तहसम्म बिक्री वितरण हुने उहाँले बताउनुुभयो । नेपालमा मलको अभाव कहिल्यै नभएको तर व्यवस्थित नहुँदा अभाव देखिएको उहाँले दाबी गर्नुभयो ।

IME Life
kumari