stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कर्तव्यज्यान मुद्धाका दुई जना फरार प्रतिवादीहरु पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६

काठमाडौं । कर्तव्यज्यान मुद्दामा फरार २ जना प्रतिवादीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले आइतबार काठमाडौं गोठाटारबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली गोलञ्जोर गाउँपालिका ७ बस्ने यज्ञ प्रसाद चौलागाई र सोही ठाउँ बस्ने सम्झना भन्ने टिका कुमारी चौलागाई रहेका छन् ।
२०७३ कात्तिक ३० गते सिन्धुली भिमेश्वरस्थित विकासे कुलो नजिकै तुलसा कुमारी पहाडीको शव फेला परेको र उनलाई ससुरा नाता पर्ने यज्ञप्रसाद र देउरानी नाता पर्ने टीकाकुमारीले कुटपिट गरी कर्तब्य गरी मारेर फालेको ठहर गर्दै पुनरावेदन अदालत पाटनले २०७६ जेठ १० उनीहरुलाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो ।
उक्त सजाय बेरुजु रही दुबै जना प्रतिवादीहरु फरार रहेका थिए । फैसला कार्यान्वयनको लागि दुबै जनालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari