सर्भरमा समस्या आएपछि सवारी चालक लाइसेन्सको अनलाइन फाराम रोकियो
काठमाडौँ । यातायात व्यवस्था विभागले सर्भरमा समस्या आएको भन्दै सोमबारका लागि लाइसेन्सको अनलाइन फाराम बन्द गरेको छ। सर्भर मर्मत गर्नुपर्ने भएपछि सोमबार एक दिनका लागि अनलाइन आवेदन बन्द गरिएको यातायात व्यवस्था विभागले विज्ञप्ती एक मार्फत जनाएको छ।
प्रयोगकर्ताको चाप बढेका कारण समस्या आएको र सर्भरको मर्मतका लागि सोमबार एक दिन मात्रै सेवा बन्द गर्नुपरेको विभागले जनाएको छ । कोरोना महामारीका पश्चात विगत नौ महिनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको परीक्षाको अनलाइन फाराम १४ पुसदेखि शुरू भएको थियो।


























