sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

टर्की र ग्रीस पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल आइतबार, ११ फागुन २०७६
काठमाडौं । टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३९ लाख ५६ हजार रुपैयाँ ठगेर फरार रहेका मोरङका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको रतुवामाई नगरपालिका-६ घर भएर काठमाडौं महानगरपालिका-६, चुच्चेपाटी बस्दै आएका कमलप्रसाद पोखरेल टेकुबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको हो ।

आकर्षक तलबसँगै विभिन्न प्रलोभन देखाएर ३२ जना व्यक्तिसँग ३९ लाख ५६ हजार रुपैयाँ लिएको उजुरीको आधारमा पोखरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए । उनका अनुसार पोखरेललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

prabhu bank
nawakantipur long