citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

अर्थमन्त्री बहिर्गमनको हल्ला चलेपछि नेप्से एकाएक १५ सयमाथि, बजार बढ्नुमा अरु के–के छन् कारण ?

kumari bank
Prabhu Insurance Long Ad
global bank

                                                      bulls_n2_2_23_2020_3_15_46.jpg

आर्थिक सञ्जाल आइतबार, ११ फागुन २०७६
काठमाडौं । सेयर बजार नयाँ उचाईमा पुगेको छ । खरिदबिक्री रकम र नेप्से सूचक दुवैमा उछाल आएपछि आइतबार बजारमा नयाँ रौनक देखिएको हो । पछिल्लो समय नेप्सेले नयाँ रेखा कोरिरहेको थियो । सोही क्रममा आइतबार बजार खुल्दा नेप्सेमा झनै तरंग पैदा भएको हो । बढ्दो क्रममा रहेको नेप्से परिसूचकलाई अर्थमन्त्री परिवर्तन हुने हल्ला फैलिंदा एकाएक अनि ह्वात्तै माथि जान सहयोग पुर्याएको लगानीकर्ताहरु दाबी गर्छन् ।
राष्ट्रपतिले मनोनीत गर्ने कोटामा बामदेव गौतमलाई ल्याउने खबर आइतबार सञ्चार माध्यममा सार्वजनिक भएको छ । यही खबरसँगै लगानीकर्ता अत्याधिक उत्साहित भएका हुन् । यदि राष्ट्रपतिले गौतमलाई नियुक्त गरेमा अर्थमन्त्री खतिवडा स्वतः हट्नेछन् । सेयर बजारका आम लगानीकर्ताले खतिवडालाई नरुचाएका भनिंदै आएको छ । आइतबार बजारमा उछाल आउनुमा यही प्रमुख कारण भएको लगानीकर्ता तथा विश्लेषकहरु बताउँछन् ।
बजार बढ्नुका अरु प्रमुख कारण के–के छन् ? 

केही समययता बजार लगातारजसो माथि लागिरहेको छ । बजार बढ्दै जाँदा सूचीकृत कम्पनीको सेयर भाउ दिनहुँ उकालो लागिरहेको छ । प्रत्येक दिनजसो भाउ बढेकाले लगानीकर्ता सेयर खरिद गर्न थप हतारिएका हुन् । किन भने बढ्दो बजारमा १ दिन ढिला हुँदा पनि सेयर किन्न धेरै पैसा तिर्नुपर्ने अवस्था आउँछ ।

सोही कारण लगानीकर्ताले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ सेयर बजारमा प्रवेश गरेको आँकलन गरिएको छ । यतिबेला ब्रोकर कार्यालयहरुमा पनि लगानीकर्ताको भीडभाड पनि निकै बढेको छ । बजारले बुलिस बाटो समातेको भन्दै लगानीकर्ता सेयर बजारमा आकर्षित भएका हुन् ।

यस्तै, लामो समयसम्म बजार ओरालो लाग्दा सेयर भाउ निकै सस्तो भइसकेको थियो । भाउ सस्तो भएपछि लगानीकर्ताहरु एकाएक सेयर बजारमा आकर्षित भएका हुन् । बैंक ब्याजदर घट्दो क्रममा छ । बैंकहरुले ग्राहक खोजीखोजी सेयर कर्जा प्रवाह गर्न थालेका छन् । यसले पनि बजार थप गतिशील बनेको हो । बजार बढ्न थालेपछि नयाँ लगानीकर्ता पनि थपिन थालेका छन् ।
उपत्यकामा मात्र होइन, बाहिरका ब्रोकर कार्यालयहरुमा पनि लगानीकर्ताको भीड बढ्न थालेको स्वयं ब्रोकरहरु बताउँछन् । सेयर बजारको दिगो सुधारका लागि बैंक ब्याजदर घट्नैपर्ने हुन्छ । सेयर धितो कर्जाको ब्याज सस्तो हुने, सूचीकृत कम्पनीहरुको नाफा बढ्दै जाने अनि लाभांश अनुपातमा पनि सुधार आउँदा सेयर बजारले नयाँ गति लिन सक्नेछ । सेयर बजार सुधारका काम अघि बढिरहेको छ ।

बजार प्रविधि मैत्री हुँदैछ । सरकार तथा नियामक निकाय पनि सेयर बजार सुधारका पक्षमा देखिएका छन् । यसकारण पनि आम लगानीकर्ताको आत्मबल थप वृद्धि भएको हो । लगानीकर्ताले हतारिएर भन्दा पनि योजनाबद्ध, रणनीतिक हिसाब सहित सम्बद्ध कम्पनीको वित्तीय अवस्था अध्ययन गरेर लगानी गर्दै अघि बढ्नुपर्छ । जोखिम पक्षलाई पनि सधैं ख्याल गर्नुपर्ने हुन्छ ।

बजार लामो यात्रामा जाने भएकाले हतार गरेर भन्दा पनि सुझबुझका साथ निर्णय लिन सके जोखिम न्यूनीकरण गर्न सहयोग पुग्नेछ । यस दिन नेप्से सूचक ६९.५६ अंकले बढेर १५०४.१४ विन्दुमा आइपुगेको छ । नेप्सेले आम लगानीकर्ताको मनोवैज्ञानिक रेखा १५ सय लाई सजिलै तोडेको देखिन्छ । १७८ कम्पनीको ३ अर्ब ६० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च कारोबार हो ।

कारोबार भएका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह १९२.३६ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूह ८६.०१ अंकले बढेको छ । बैंकिङ समूहमा उछाल आएपछि समग्र बजार माथि लागेको हो । यस दिन एनएमबि बैंकको सर्वाधिक १२ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफको ११ करोड ८२ लाख र तेस्रोमा शिखर इन्सुरेन्सको १० करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

gold
himalayan life insurance long ad