काठमाडौँ खेलकुद विकास समितिका खरिदार १५ हजार घुससहित पक्राउ
काठमाडौँ । जिल्ला खेलकुद विकास समितिको कार्यालय काठमाडौँमा कार्यरत खरिदार तिलक प्रसाद घिमिरे १५ हजार घुस सहित पक्राउ परेका छन् । कान्तिपुर चेस क्लब नवीकरणको लागी सेवाग्राहीसँग १५ हजार घुस लिई सकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग घिमिरेले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाटखटिएको टोलीले उक्त रकम घुस लिई सकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ ।























