stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रपतिसमक्ष दोलखा भीमसेनको महाप्रसाद आज आउँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वरको महाप्रसाद आउँदै छ। मङ्गलवार मन्दिरमा पूजापाठ गरेको महाप्रसाद बुधवार राष्ट्रपति भण्डारी समक्ष ल्याइन लागेको हो ।

मङ्गलवार दिउँसो करिब पौने दुई बजेको समयमा मन्दिरको शिलामा पटक पटक पसिना आएपछि मन्दिरका पुजारी तथा गुठियारहरूले पूजापाठ गरेको थिए ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय लगायत सुरक्षा निकायका प्रमुख मन्दिर पुगेर भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग बैठक गरी चलिआएको परम्परा अनुसार आज (बुधवार) मङ्सिर १० गते राष्ट्रप्रमुख समक्ष उक्त पूजापाठको महाप्रसाद पठाउने तयारी भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिएका छन् ।

IME Lifesidebar
kumari