stcnepal long ad
global ime bank long

प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट बधाइ 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा बधाइ दिनु भएको छ ।
नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त हुनु भएकोमा प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुले प्रहरी प्रधान कार्यालयमा भेटघाट गरी शुभकामना सहित हार्दिक बधाइ ज्ञापन गर्नुभएको छ ।
भेटघाटका अवसरमा उहाँहरुबीच शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने लगायतका विषयमा सुरक्षा निकायहरुबीच एक्यबद्ध भई अगाडि बढ्ने लगायतका विषयमा छलफल भएको थियो । नेपाल सरकारको नीति अनुरुप तोकिएको जिम्मेवारी बहन गर्ने क्रममा आपसी सहयोग, सदभाव र भाइचारा अभिवृद्धि गरी राष्ट्रिय हितका लागि समर्पित भई काम गर्ने प्रतिबद्धता उहाँहरुले व्यक्त गर्नुभयो ।
उक्त अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

IME Lifesidebar
kumari