डा. योगेन्द्र कुमार कार्कीको सचिव बढुवाका लागि नाम सिफारिस
काठमाडौँ । कृषि तथा वन सेवा तर्फको रिक्त एक सचिव पद (विशिष्ट श्रेणी) का सचिव लागि बढुवा सिफारिस समितिले ज्येष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ज्येष्ठ सहसचिव डा. योगेन्द्रकुमार कार्कीको नाम सिफारिस गरेको हो ।
निजामती सेवा ऐन अनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत) का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत) बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले केही दिन अघि प्रशासन तर्फको सचिवका लागि सिफारिस गरिएका तीन जना सहसचिवमध्ये एक र डा. कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।























