‘रअ’का प्रमुखको भ्रमणले खोल्यो वार्ताको ढोका
काठमाडौं । छिमेकी मित्र राष्ट्र भारतका रक्षा मन्त्री राजनाथ सिंहले लकडाउनका विच गत बैशाख २६ गते नेपाली भुमि अतिक्रमण गरि कालापानी क्षेत्रमा बनाएको सडक दिल्लीबाट भिडिओ कन्फरेन्स मार्फत उदघाटन गरेपछि चिसिएको नेपाल– भारत सम्बन्धको ढोका खोल्ने काम गत कार्त्तिक ५ गते ‘रअ’ का प्रमुख सामन्त कुमार गोयल र निर्देशक अरूण जैनको दुई दिने विशेष नेपाल भ्रमणले चिरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतका रूपमा आएर प्रधानमन्त्री केपी शर्मा ओली र सुरक्षा प्रमुखलाई भेटेपछि दिल्लीले स्थलसेनाध्यक्ष मनोज मुकुन्द रनवाणेको तीन दिने नेपाल भ्रमण कार्तिक १९–२१ गते गराई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिलाएको थियो।
यस लगत्ते दिल्लीले नेपालमा विदेश सचिव हर्षवर्द्धन श्रृंगलालाई आगामी मंसिरको ११ गते २ दिनको लागी काठमाडौं आउने कार्यक्रम तय गराएको छ ।
श्रृंगलाको दुई दिने नेपाल बसाईको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र आफ्ना समकक्षी भरतराज पौडयालसँग भेटवार्ता गर्ने बताइएको छ ।
सचिव श्रृंगलाले दुई देशबीचको सिमा समस्याको वार्ताको नेतृत्व समेत गर्न सक्ने भारतीय अधिकारीले बताएका छन् । नेपाल–भारत वीच सुस्ता र कालापानी वाहेक ९८ प्रतिशत क्षेत्रमा सीमा विवाद हल भैसकेको छ, २ प्रतिशत क्षेत्रमा विवाद रहेको कुरालाई भारतले पनि स्वीकार गरेको छ।
सन २०१९ को नोभेम्वर २ मा भारतले नेपाली भुमि कालापानी,लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा सार्वजनिक गरेपछि नेपाल सरकार र नेपाली जनताले त्यसको विरोध गर्दै आएका छन।
नेपाल–भारतको सरकारी स्तरमा यसपछि सम्बन्ध विग्रिएर राजनीतिक र प्रशासनिक तहमा कुनै वार्ता हुन सकेको थिएन ।
नेपाली जनताको आन्दोलन र जनदवावले गर्दा ओली सरकारले गत २०७७ जेठमा भारतले अतिक्रमण गरेको भु–भागलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
त्यस लगत्तै सरकारले संघीय संसदको दुबै सदनबाट नयाँ नक्सा समेटिने गरि नेपालको संविधानको अनुसूची दुई तिहाई मतले पारित गरि गत असार ४ गते राष्ट्रपति विधादेवी भण्डारीले संविधान संशोधन प्रमाणिकरण गरेकी थिइन।
यसरी नेपालले अतिक्रमित भुमि समेटर अगाडि बढेपछि भारतसगँको सरकारको सम्बन्ध चिसिएर संवाद हिनतामा पुगेको अवस्थामा ‘रअ’ प्रमुखको भ्रमणले दुई देश विचको सम्बन्ध जोडन सेतुको काम गरेका छन । ‘रअ’ प्रमुख गोयलसगँको प्रधानमन्त्री ओलीको वार्ता सफल भएकै कारण भारतीय स्थल सेनाध्यक्ष नरवाणेको तीन दिने भ्रमण उपलव्धिपुर्ण बन्यो ।
यसले नेपाल –भारतको सम्बन्ध अझ दरिलो बनाउन सघाउ पुर्याएको राजनीतिक र कुटनैतिक क्षेत्रले टिप्पणी गरेका छन ।
विगत एक वर्ष देखि हुन नसकेको विदेश सचिव स्तरको वार्ता अब छिट्टै हुने र यसले दुई देश विचका सीमा लगायतका विवाद सुल्झाउन सक्ने अपेक्षा गरिएको छ। नेपाल भारत सम्बन्ध सामान्यीकरण गर्न सफल भएको छ।























