stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आईजीपीले मुख्यालयमा हेराफेरी, डीआईजीलाई विभागको जिम्मेवारी दिने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक(आईजीपी) खनालले राखेका घुमवाहरुलाई फिर्ता गरेका नवनियुक्त आईजीपी ठाकुर ज्ञवालीले आफ्नो सचिवालयसँगै कर्मचारी प्रशासन शाखामा हेरफेर गरेका छन् ।
पूर्व गृह सचिव प्रेम राईका विश्वासपात्र मानिएका प्रहरी उपरीक्षक एसपी चन्दकुवेर खापुङलाई त्यहाँबाट हटाएर उक्त पदमा कमल जिसीलाई ल्याईएको छ । प्रहरी संगठनभित्र महत्वपूर्ण मानिने कर्मचारी प्रशासन शाखामा प्रमुखको आईजीपीले हेराफेरी गरेपछि यसले प्रहरी मुख्यालयमा नयाँ तरंग ल्याएको छ । त्यसैगरी आईजीपीको सचिवालयमा एसपी भुपेन्द्र खत्रीलाई ल्याईएको छ ।
यसअघि पनि सचिवालयको अनुभव संगालेका खत्री यसअघि नेपाली कांग्रेसका नेता तथा सांसद महमद अफ्ताफ आलमलाई गिरफ्तार गर्दा रौतहट जिल्लाको प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।
केही समयअघि उनलाई रौतहटबाट प्रहरी मुख्यालयमा सरुवा गरिएको थियो । यसैबीच सरकारले रिक्त तीन एआईजी पदमा बढुवा नगर्दा निमित्तको भरमा चलाउनु पर्ने अवस्था सिर्जना भएको छ ।
आईजीपी ज्ञवालीले एआईजी बढुवा नहुन्जेलसम्मका लागि एआईजी प्रमुख हुने तीन ठाउँमा बढुवाको लाइनमा रहेका डीआईजीहरुलाई निमित्त दिने तयारी गरेको श्रोतको दाबी छ ।
श्रोतका अनुसार आईजीपी ज्ञवालीले डीआईजी सूर्य उपाध्यायलाई मानव श्रोत तथा प्रशासन विभाग र आईजीपीको प्रतिस्पर्धामा रहेका डीआईजी तारणीप्रसाद लम्साल र केन्द्रीय अनुसन्धा ब्यरोका प्रमुख डीआईजी निरज शाही मध्ये एकलाई प्रष्ठिानको जिम्मेवारी तयारी गरेको छ ।
एआईजीका प्रवल दाबेदार डीआईजी शैलेस थापा क्षेत्रीलाई प्रवक्ताकै जिम्मेवारी सहित सचिवालयमै राख्न र डीआईजी हरिबहादुर पाललाई अपराध अनुसन्धान विभागको जिम्मेवारी दिने प्रहरी मुख्यालयमा चर्चा छ ।

prabhu mahalaxmi
kumari