stcnepal long ad
global ime bank long

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
काठमाडौं । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल बिरुद्ध १ लाख घुस लिई भ्रष्टाचार गरेको ठहर सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बुधबार मुद्दा दर्ता गरेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्रमुख प्रशासकीय अधिकृत पौडेलले चन्द्रागिरी नगरपालिकाको सूचना, सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस माग गरेको उजुरीका आधारमा आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले एक लाख लिइसकेको अवस्थामा यस अघि पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा सूचना, सञ्चार तथा प्रसारणमा बिनियोजन गरेको रकम मध्येवाट प्रिमियर डिजिटल मिडिया प्रा.लि.ले मासिक १ पटक कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरी पहिलो किस्ता बापत दुई लाख पचास हजार लिई कार्यक्रम भईरहेको अवस्थामा पौडेलले सेवाग्राहीसँग रकमको बार्गेनिङ एक लाख दिन बाध्य पारेको पुष्टी भएको छ । उनले सवारी चालकलाई उक्त पैसा लिन लगाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा १ लाख बिगो कायम गरी विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

IME Lifesidebar
kumari