stcnepal long ad
ime life insurance
national life
global ime bank long

सम्पति शुद्धिकरणबाट व्यवसायी आतंकित हुनु पर्दैन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
काठमाडौं । अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले कर संकलनको लागत बढेको बताउँदै व्यवसाय गर्ने लागत घटाउन अध्ययन भैरहेको र एकद्वारबाट कर संकलन गर्ने सोच सरकारको रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधि मण्डलसँगको बुधबारको भेटमा अर्थ सचिव ढुंगानाले सो कुरा बताएका हुन् । ढुङ्गानाले सम्पति शुद्धिकरणबाट व्यवसायी आतंकित हुनु नपर्ने बताउँदै बीमा लगायत अन्य सेवालाई अनलाईनमा जान प्रोत्साहित गरिरहेको बताए ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले हालै अर्थ सचिवको कार्यभार सम्हालेका ढुङ्गानासंग भेट गरी बधाई ज्ञापन तथा कार्यकालको पूर्ण सफलताको कामना गरेको थियो । यस आर्थिक वर्षमा बजेटको आकार घटाइएकोले सबै क्षेत्रमा असर परि बढी अपेक्षित बृद्धिदर हासिल हुने अपेक्षा रहेको, बैँङ्किङ समस्या समाधानगर्न कमिटी गठन गरिएकोले ब्यवसायिक ब्याज दर घट्ने आशा राखिएको चेम्बर अध्यक्ष श्रेष्ठले बताए ।

उद्यमी ब्यवसायीले कर सम्बन्धी कानून उलंघन गरेको पाईएमा उनीहरुलाई फौजदारी अभियोग नलगाई आर्थिक जरिवाना मात्र लगाउनु पर्ने चेम्बरका अध्यक्ष श्रेष्ठले बताए । सो अवसरमा अर्थ मन्त्रालयका उच्च पदस्थ अधिकृतहरु, चेम्बरका पदाधिकारी, राजश्व समिति सदस्यहरु र उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

IME Lifesidebar
kumari