stcnepal long ad
ime life insurance
national life
global ime bank long

राज्यले दिने सम्मान विवादित बन्दै गएपछि विभुषण वहिस्कार गर्नेहरु बढे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६

 

 

 

 

काठमाडौं । राज्यले दिने सम्मानको ओज घट्दै गएपछि विभूषण नलिनेको संख्या बढेको छ । विवादित व्यक्तिहरूले धमाधम विभूषण पाउन थालेपछि यसप्रति नाकर्षण घटेको हो ।                                                                                          छनोट वस्तुपरक र निष्पक्ष हुन नसक्दा विभूषणको ओज र औचित्य घट्दै गएको निष्कर्षमा गृह मन्त्रालयसमेत पुगेको छ । सोही आधारमा गृह मन्त्रालयले अब एक वर्षमा बढीमा दुई सय जनालाई मात्र विभूषण दिने भएको छ । गृहले नियमावली नै संशोधन गरी संख्या घटाउन लागेको हो ।                                                                                                              गत असोजमा सरकारले ६ सय ३४ जनालाई विभूषण दिने निर्णय गरेको थियो, जुन हालसम्मकै ठूलो संख्या हो । जसमा धेरैजसो सत्तारुढ दलनिकट र कर्मचारी छन । विवादास्पद र राज्यलाई योगदान नै नदिएका व्यक्तिहरू समेत परेपछि आलोचना भएको थियो । छनोटको प्रस्ट मापदण्ड हुन नसक्दा विभूषण विवादित बन्दै गएको हो ।                                      एक सय ९२ को रद्द गर्ने तयारी सरकारले दिएका विभूषण लिन नआउनेहरूको रद्द गर्ने तयारी गरेको छ । दुई साताअघि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिलाई जानकारी गराएको छ । जानकारी गराउँदा पनि कोही लिन नआएमा रद्द गर्ने सरकारको तयारी छ ।                                                                                                                गत २३ माघमा गृहले यस सम्बन्धी सूचना नै निकालेको छ । एक पटक जानकारी दिँदा पनि लिन नआए रद्द गरिने गृह मन्त्रालयका उपसचिव भूपेन्द्र थापाले बताए । विभूषणमा सुन समेत प्रयोग हुने भएकाले त्यसमा हरेक वर्ष राज्यको करोडौँ खर्च हुने गरेको छ । नयाँपत्रिका दैनिकबाट ।

IME Lifesidebar
kumari