पटाका सहित पक्राउ
काठमाडौ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले काठमाडौ चन्द्रागिरी नगरपालिका –२ नागढुंगास्थित चेकप्वाईन्टमा रौतहटको गौरबाट काठमाडौतर्फ आउँदै गरको ना ६ ख ७११४ नम्बरको यात्रुबाहक बस चेक जाँच गर्ने क्रममा जिल्ला रौतहट राजदेवी न.पा वडा नं. ६ घर हुने बर्ष ३२ को पिन्टु जैसवालले साथमा लिई आएको दुई झोला चेक जाँच गर्ने क्रममा पिन्टु जैसवालले दुई ओटा झोला भित्र लुकाई छिपाई लिई आएको खुर्सानी पटाका ८,४०० थान, SIGNAL ROCKET लेखिएको पटाका १२ थान, GRAND KODI (गमला पटाका)लेखिएको पटाका ८० थान, SUPREME BULLET (बुलेट पटाका ) लेखिएको पटाका १०० थान, ROCKET (लामो रकेट पटाका) लेखिएको पटाका १९० थान फेला परी कार्तिक १० गते बरामद गरिएको छ ।
यस सम्बन्धमा यस कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीले जनाएको छ ।























