stcnepal long ad
global ime bank long

 बैंक ब्यालेन्स देखाउने भन्दै ६० लाख ठगी 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल – ६ फाल्गुन २०७६, मंगलबार

काठमाडौं ।अमेरिकाको भिसा प्रक्रियाका लागि बैंक ब्यालेन्स देखाउन भनी रु ६० लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौंको टोलीले भक्तपुरको ठिमीबाट उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–२ घर भई ललितपुर इमाडोल रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई सोही ठाउँ बस्ने गणेश लामा रहेका छन् । काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोटकी एक महिलालाई कुँवरले अमेरिका जानका लागि बैक ब्यालेन्स देखाउनु पर्ने भन्दै प्रलोभनमा पारेर आफ्नो बैंक खातामा रु ६० लाख रुपैयाँ राख्न लगाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनीहरुले पैसा राखे लगत्तै बैंकका विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतिपत्र राखी रकम निकाली ठगी गरी सम्पर्क विहिन भएका थिए । उक्त सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । उनीहरुले अन्य तीन जनाबाट पनि झण्डै रु ७० लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari