stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

अब देशमै छ रोजगारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हरेक वर्ष करिब ५ लाखको हाराहारीमा विद्यार्थीहरुले एसईई उत्तिण गर्छन भने करिब ३ देखि ४ लाखको हाराहारीमा विद्यार्थीहरुले प्रमाणपत्र तह उत्तिण गर्छन ।

यस तथ्याकंलाई मध्यनजर गर्दा ५ लाख भन्दा बढि मानिसहरु हरेक बर्ष श्रम बजारमा भित्रिन्छन् । उनीहरुमध्य कत्ति उच्च शिक्षाका लागि विदेशीने गर्छन, कोही स्वदेशमै आफ्नो शिक्षालाई निरन्तरता दिन्छन् भने ती मध्य बाँकी आफ्नो पढाइलाई पूर्णविराम लगाउँदै राजगारीका लागि खाडी मुलुकको यात्रा तय गर्दछन् ।

पछिल्ला केही वर्षयत्ति विदेशीनेहरुको लहर ह्वात्तै बढेको पाइन्छ, अहिले पनि श्रम कार्यालय परिसरमा जाने हो भने युवा जमातको ठुलै भिड देख्न सकिन्छ । तर, कुनै खतराको घण्टी बिना नै आएको कोरोना महामारीले विश्व स्वास्थ्यलाई मात्र चुनौती नदिएर अर्थतन्त्रमा राम्रै फड्को मारेका देशलाई पनि नराम्रोसंग प्रभावित पारेको छ ।

पछिल्ला ७ महिनामा कोरोनाले व्यापार, व्यवसाय लगायत सम्पूर्ण क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारण कत्ति देशहरुमा आर्थिक मन्दिको अवस्था पनि सृजना भइसकेको छ । र, विज्ञहरुले कोरोना महामारीलाई सन् १९३० को ग्रेट डिप्लेसन भन्दा ठुलो भएको अंकलन गर्दै आइरहेका छन् ।

यस विशंम परिस्थितिमा विदेशमा रहेका नेपालीहरु स्वदेश फर्ती हुने क्रम पनि बढिरहेको छ । यस महामारीकै कारण अर्को वर्षभित्र विदेशमा विभिन्न प्रयोजनका लागि बसोबास गर्दै आइरहेका करिब ७ लाख नेपालीहरु स्वदेश फर्किने अनुमान गरिएको छ । र, यो संकटबाट बच्नका लागि नेपालले करिब १० लाख नयाँ रोजगारी सृजना गर्न आवश्यक छ ।

विदेशबाट फर्किने नेपालमी र स्वदेशमै रहेका युवाहरुलाई रोजगारीका बाटोहरु खुलाउदै समयमै यस समस्याका समाधान गर्नका लागि नेपालमा यूकेएडको सीपको सहकार्यमा रोजगारी डट कम लागि परेको छ ।

विशेष गरी प्रदेश २ र प्रदेश ५ का रोजगारी खोजकर्ताहरुलाई लक्षित गर्दै विभिन्न रोजगारीका अवसरहरु सृजना गरिएको छ । नेपालमा करिब ३१% बेरोजगारीको संख्या रहेपनि दक्ष जनशक्तिका लागि नेपालमै प्रशस्त सम्भावना र रोजगारीहरु रहेका छन् ।
रोजगारी डट कमका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरी भन्नुहुन्छ, “नेपालमा काम उपलब्ध नभएको होइन प्रशस्तै कामहरु छन् । कामको खोजी गर्ने खोजीकर्ता पनि छन् तर उपलब्ध भएका काम अनुसार दक्ष जनशक्ति भने पाइदैनन् ।

हाम्रो प्ल्यार्टफर्ममा दैनिक हजार भन्दा बढि रोजगारी खोज्नेहरु आउँछन् तर सीपको अभाव हुँदा सबैले रोजगारी नपाउँन सक्छन् । हामी कामको माग अनुसार जनशक्तिलाई आवश्यक तालिम पनि दिँदै आइरहेका छौं ।”

शैलेन्द्रराज गिरीले भन्नुभए जस्तै नेपालमा रोजगारीका अवसरहरु नभएका होइनन्, नेपालीहरु सरकारी जागीर र उच्च तलब भएका प्राइबेट जागिरहरु ताक्ने गर्छन । यसबीचमा हामी कहिले आफ्नो सीप, क्षमता र सिकाईलाई वृद्धि गर्न चाहदैनौं । जसले गर्दा कामको माग र हाम्रो क्षमतामा निकै अन्तर देखिन्छ ।

नेपाल समृद्धिको बाटोमा लम्किरहँदा यहाँ नयाँ कलकारखानाहरु खुलिरहेका छन् त्यहाँ त्यत्तिकै कामदारहरुको माग छ । साथै कृषि, निर्माण लगायत अन्य क्षेत्रमा पनि कामदारहरुको माग बढिरहेको छ । र, विभिन्न संघसंस्थाहरु पनि देशमा रोजगारी सृजना गर्न अग्रसर छन् ।
ती मध्य एक रोजगारी डट कम हो जसले देश विदेशमा लकडाउनका कारणले रोजगारी क्षेत्रमा पर्न आएको असरलाई ध्यानमा राख्दै नेपालीहरुलाई अब स्वदेशमै रोजगारी, तालिम वा स्वरोजगारीको अवसरहरु प्रदान गर्ने प्रयासमा लागि परिरहेको छ ।
यसले आफ्नो प्लयाटफर्म मार्फत विदेशमा रहेका वा देशको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई रोजगारी खोज्न सहज बनाएको छ ।
मानिसहरुले रोजगारी डट कममा गएर आफ्नो पूरा विवरण भरेर आफुले इच्छाएको स्थानमा रोजगारी, तालिम वा स्व—रोजगारी पाउँन सक्नेछन् ।

रोजगारी डट कमका बिजनेस डाइरेक्टर सञ्जिव निरौला भन्नुहुन्छ, “हामीसंग ६०० भन्दा बढि रोजगारदाता कम्पनीहरु जोडिनु भएको छ । अझै बढि साझेदारहरु हामीसंग आवद्ध हुने क्रममा हुनुहुन्छ ।

रोजगारी डट कममा देश तथा विदेशमा रहेका २० हजार भन्दा बढि व्यक्तिहरुले रेजिष्टर गरिसकेका छन् जसमार्फत हामीले पछिल्ला ४ महिनामा ६०० भन्दा बढि रोजगारी खोजकर्ताहरुलाई सफलतापूर्वक प्लेसमेन्ट गरिसकेका छौं ।

हाम्रो यो अभियान प्रदेश २ र प्रदेश ५ मा केन्द्रित भएपनि हाम्रो सेवा देशभरका सम्पूर्णका लागि उपलब्ध छ । हामीसंग सिकर्मी, डकर्मीदेखि व्यवस्थापनसम्मका रोजगारीहरु छन् । यत्ति भनौं कि हामीसंग हरेक क्षेत्रका लागि रोजगारी छन् ।”
लकडाउनले गर्दा रोजगारी गुमाएका देखि लिएर श्रम बजारमा भर्खरै प्रवेश गरेका फ्रेसरहरुलाई पनि रोजगारी डटकममा विभिन्न अवसरहरु छन् ।
यसका लागि तपाईंले मोबाइल एपलिकेसन, वेव ब्राउजर, रोजगारी पसल, घुम्ती रोजगारी पसलमा भ्रमण गरेर उचित रोजगारी, तालिम वा स्वरोजगारी हासिल गर्न सक्नुहुन्छ ।

prabhu mahalaxmi
kumari