stcnepal long ad
ime life insurance
global ime bank long

उपप्रधानमन्त्री पोखरेल झनै शक्तिशाली

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । उपप्रधानमन्त्री इश्वर पोखरेललाई रक्षा मन्त्री र नेपाली सेना मात्रै हेर्ने निकायबाट निकै शक्तिशाली भुमिकामा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने मन्त्रीको रुपमा ल्याइएको छ ।

पोखरेलले अब कालो धन थुपार्ने माथि अनुसन्धान गर्ने प्रमुख जिम्मेवारीमा रहेको सम्पति सुद्धीकरण अनुसन्धान विभाग, अरर्वौ रुपैया राजश्व ठगी गर्नेहरुलाई कानुनी कठघरामा ल्याई पाता कस्ने जिम्मेवारीमा रहेको राजश्व अनुसन्धान विभाग, मुलुकको समग्र शान्ति सुरक्षाको अवस्थाका बारेमा यथोचित विश्लेषण गरि शान्ति सुव्यवस्था कायम गराउन महत्वपुर्ण भुमिकामा रहेको राष्ट्रिय अनुसन्धान विभाग तथा महान्यायधिवक्ता कार्यालयको समेत नेतृत्व उपप्रधानमन्त्री पोखरेलले नै लिने भएका छन् ।

यसैगरि प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय, नेपाल ट्रष्ट लगायत ११ वटा निकाय हेर्ने जिम्मेवारी पनि उनैलाई हुनेछ ।

यस्तै सातवटै प्रदेशसँग समन्वय गरि संघीयतालाई सफल बनाउने जिम्मेवारी पनि पोखरेलले नै पाउने भएका छन् । प्रधानमन्त्री कार्यालयको मन्त्रीको हैसियतमा उनले अन्य सबै मन्त्री माथि अनुगमन र निगरानी समेत राख्न सक्नेछन् । अन्य सबै मन्त्रीलाई आफ्नो काम प्रति जिम्मेवार बन्न आवश्यक निर्देशन दिन सक्ने अधिकार समेत राख्नेछन् । त्यसैले उनी शक्तिशाली उपप्रधानमन्त्री बनेका छन।

prabhu mahalaxmi
kumari