stcnepal long ad
ime life insurance
global ime bank long

तीन जना संरक्षित वन्यजन्तु सालकको खपटा सहित पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भक्तपुर नगरपालिका–९ च्याम्हासिंहबाट ५ किलो ३ सय ग्राम संरक्षित वन्यजन्तु सालकको खपटा सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रामेछाप दोरम्वा गाउँपालिका–५ वस्ने ४५ वर्षीय लाल तामाङ, काठमाडौं गौशला बस्ने सिन्धुली कमलामाई नगरपालिका–९ घर भएका २३ वर्षीय कपिल बस्नेत र भक्तपुर, भक्तपुर नगरपालिका–९ बस्ने रामेछाप सुनापति गाउँपालिका–४ घर भएका ३० वर्षीय ज्ञान बहादुर तामाङ रहेका छन् ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त सालकको खपटा अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

prabhu mahalaxmi
kumari