citizens life insurance long ad
stcnepal long ad

पशुपति क्षेत्रका बासिन्दा गुरुयोजनाको विरोधमा आन्दोलित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विवादास्पद गुरुयोजनाको विरोधमा पशुपति क्षेत्रका स्थानीय बासिन्दा पुनः आन्दोलित भएका छन् । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनाको स्थानीय बासिन्दासहित संस्कृति तथा सम्पदाविद्ले गएको साउनमा चर्को विरोध गरेपछि सरकारले तत्कालका लागि गुरुयोजना स्थगन गरि अध्ययन कार्यदल बनाएको थियो ।

सो कार्यदललाई तोकिएको समयमा अध्ययन पूरा गर्न सकेन । गहन अध्ययनका लागि थप समय माग गरेपछि अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको सो कार्यदलले अध्ययन भइरहेको बताएको छ ।

तर, स्थानीय बासिन्दा भने सम्पदा, संस्कृति मास्ने गरी ल्याइएको गुरुयोजना लागु गर्ने चलखेल भएको भन्दै पुनः विरोधमा उत्रिएका हुन् । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले आज कोषको कार्यालयमा घेराउ गरेको छन् । याली सहित घेराउमा पुगेका स्थानीय बासिन्दाहरुले ठेकेदारी प्रथा बन्द गर्न र धर्मको नाममा व्यापारीकरण बन्द गर्न माग गरेका छन् ।

यसैबीच नेपाली कांग्रेसका नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने बताएका बताउनु भएको छ । पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवालाको सहभागितामा अर्कै गुरूयोजना बनाउनुपर्ने थापाको भनाइ छ ।

थापाले पशुपति विकास कोषको नयाँ गुरूयोजनाबारे टिप्पणी गर्दै ट्वीट मार्फत पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजनामा निर्माण प्रक्रिया र सामग्री नमिलेको भन्दै खारेज गर्न माग गर्नुभएको छ ।

IME Life
kumari