stcnepal long ad
ime life insurance
national life
global ime bank long

अब ‘चेन लक’ जथाभावी पार्किङ गर्ने सवारी साधनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

तनहुँ । नियम विपरित गलत ठाउँमा सवारी पार्किङ गरेको छ रु केही समयका लागि मात्रै त हो भनेर जथाभावी सवारी छाडेर हिडेको छ रु यस्तो गरेको छ भने होशियार होऔं १ कारवाहीमा परिएला ।

जथाभावी पार्किङ गर्ने क्रम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालले अब ‘चेन लक’ को अवधारणा ल्याएको छ । तोकिएको ठाउँमा भन्दा बाहेक पार्किङ गर्ने सवारीलाई ‘चेन लक’ गराएर सम्बन्धित धनीलाई जरीवाना गरिएको कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।

‘पार्किङलाई व्यवस्थित गर्न र सर्वसाधारणलाई सचेत गराउन चेन लकको अवधारणा ल्याएका हौ, जहाँपायो त्यहाँ पार्किङ गर्ने सवारी कारवाहीमा पर्छन्,’ उनले भने।

उनका अनुसार निषेधित स्थानमा पार्किङ गरेको देख्नेबित्तिकै सवारी साधन चलाउन नमिल्ने गरी ‘चेन लक’ गरिनेछ । त्यसो गर्दा चेनमै प्रहरीको नम्बर टाँस गरिनेछ ।’उक्त नम्बरमा फोन गरेपछि सम्बन्धित सवारीधनीले कार्यालयमा आएर जरीवाना तिरेपछि मात्रै प्रहरीले चेन खोलिदिन्छ,’ उनले भने, ‘त्यस्ता व्यक्तिहरुलाई रु एक हजार जरीवाना हुनेछ ।’

कतिपय ठाउँमा निषेधित स्थानमा पार्किङ गरेर सम्बन्धित धनी कामका लागि अन्यत्रै जाने गरेका छन् । ‘त्यस्तो बेला प्रहरी कुरेर बसिराख्न भ्याउँदैन, सवारीमा चेन लक गरेपछि प्रहरी आफ्नो नियमित काममा जान्छ,’ प्रमुख रानाभाटले भने, ‘सवारी लक भएको थाहा पाएपछि सम्बन्धित धनीले नै फोन गर्छन् ।’ दमौली बजारको पार्किङ व्यवस्थापनका लागि यो अभियान सफल हुने प्रहरीले विश्वास लिएको छ ।

प्रहरीले उद्योग वाणिज्य सङ्घको समन्वयमा दमौली प्रवेश गर्ने बुल्दीपुलदेखि मादीपुलसम्मको क्षेत्रलाई ‘नो हर्नः नो ओभरटेक’ घोषणा गरिसकेको छ । साथै सङ्घकै सहयोगमा दमौलीका विभिन्न ठाउँमा ट्राफिक कोण समेत राखिएको छ ।

IME Lifesidebar
kumari