पशुपति क्षेत्र संयुक्त संघर्ष समितिद्वारा असाेज १८ गतेदेखि आन्दोलनकाे घोषणा
काठमाडौ । पशुपति क्षेत्र बिकास काेष द्वारा स्थानीय जात्रा, पर्व, धर्म,संस्कृति एवं प्राचिन बस्ती बिनास हुने गरी ल्याउन लागेको गुरूयाेजना लगायत,काेषलाई कर्मचारी भर्ती केन्द्र र ब्यापारिक केन्द्र बनाउन लागेकाे बिरूद्धमा पशुपति क्षेत्र संयुक्त संघर्ष समितिद्वारा यही असाेज १८ गतेदेखि आन्दोलन गर्न लागिएकाे छ।
संघर्ष समितिका मागहरू यश प्रकारका रहेका छन ।
१) पशुपति क्षेत्र बिकास काेष द्वारा लागू गर्न लागेकाे तथाकथित गुरूयाेजना खारेज गर ।
२) स्थानीयसँग समन्वय,छलफल नगरी एकलौटी ढंगबाट गुरूयाेजना बनाउने सदस्य सचिव लगायत पदाधिकारीहरू राजिनामा दे ।
३) पशुपति क्षेत्र बिकास काेष खारेजी गर ।
बिराेधका कार्यक्रमहरू
१) २०७७/६/१८ गते आईतबार र १९ गते साेमबार साँझ ७:०० बजे देखि ७:३० बजे सम्म पशुपति क्षेत्र भित्र बत्ती निभाउने (ब्ल्याक आउट)गर्ने।
२) २०७७/६/१९ साेमबार बिहान ९:०० देखि ११:०० बजे सम्म प्लेकार्ड सहित पशुपति क्षेत्र बिकास काेषकाे कार्यालयमा धर्ना बस्ने।
३)२०७७/६/२१ बुधबार बिहान ९:०० बजे देखि ११:०० बजे सम्म पशुपति क्षेत्र बिकास काेष घेराउ गर्ने ।
























