citizens life insurance long ad
stcnepal long ad

मनकामना केबुलकारको टिकटअब मोबाइलबाटै पाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाबीच टिकट खरीद बिक्री सम्झौता सम्पन्न भएको छ ।
सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य समेत भएको छ ।

भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिदै टिकट खरिद गर्दा नगद रहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले केबुलकारले यस्तो व्यवस्थाथप गरेको हो ।

यस सेवाभक्तजनहरुले टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्यूटरमा ई–टिकट प्राप्त हुन्छ सोही ई–टिकट देखाई यात्रा गर्न सकिनेछ ।

मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ । केबुलकार सञ्चालन भएपछि भक्तजनहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् ।

सरकारले धार्मिक मठमन्दिर खुल्ला गर्ने निर्णय गर्न साथउच्च स्वास्थ्य सुरक्षाका साथ केबुलकार सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको छ ।

IME Life
kumari