stcnepal long ad
ime life insurance
national life
global ime bank long

सडक डिभिजनका प्रमुख विरुद्ध मुद्दा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सडक डिभिजन कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख सिडिई जितेन्द्रकुमार चौधरी बिरुद्ध ३५ लाख भ्रष्टाचार गरेको ठहर सहित विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनी बिरुद्ध मुद्दा दर्ता गरेको हो । सडक डिभिजन कार्यालय,विराटनगरका तत्कालीन कार्यालय प्रमुख चौधरीले भूमि इन्फ्रास्ट्रक्च्चर प्रा.लि.बाट बिभिन्न मितिमा श्रीमतीको खातामा रकम जम्मा गरेको भन्ने उजुरी सम्बन्धमा आयोगले अनुसन्धान अगाडि बढाएको थियो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार चौधरीले सेवाग्राही भूमि इन्फ्रास्ट्रक्च्चर प्रालि र उक्त प्रा.लि.सँग ज्वाइन्ट भेन्चरमा ठेक्कामा काम गर्ने ठेकेदारहरुसँग बाटो निर्माण गर्ने बिभिन्न स्वीकृत आयोजनाहरुको काम शुरु गर्दा दिइने मोविलाइजेसन रकमबाट पैतीस लाख गैरकानूनी तवरले कमिसनको नाममा लिई श्रीमतीको खातामा जम्मा गर्न लगाएको पुष्टी भएको छ ।

चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ६ र दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा कमिसन तथा घुस बापतको रकम ३५ लाख बिगो माग दाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

IME Lifesidebar
kumari