stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

ललितपुर महानगरपालिकाले जाँड रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर। ललितपुर महानगरपालिकाले जाँड रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन थालेको छ । आज शुक्रबारदेखि नैअभियान चलाएर होर्डिङ बोर्ड हटाउन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी बताए ।

‘ललितपुर महानगरलाई सफा र स्वच्छ बनाउन जाँड, रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन सुरु भइसकेको छ, केही दिनमा यो अभियान सकिने छ’, हाछेथुले भन्नुभयो ।

यसअघि ललितपुर महानगरपालिकाका सडक पेटी अतिक्रण विरुद्धको अभियान चलाइएको थियो । फुटपाथ कब्जा गरी सञ्चालन भइरहेका व्यापार, व्यवसाय हटाएर समग्र फुटपाथ व्यवस्थापन गर्ने तयारी भएको नगर प्रहरी बलका प्रमुख हाछेथुले बताए ।

ललितपुर महानगरपालिकाले हाछेथुलाई गत भदौ १४ गते ललितपुर नगर प्रहरी प्रमुखमा नियुक्त गरिएको थियो ।

prabhu mahalaxmi
kumari