citizens life insurance long ad
stcnepal long ad

साल्ट ट्रेडिङ कर्पाेरेसनले युरिया मल ल्यायाे किसानलाई मलकाे अभाव नहुने अब मल ल्याउन साल्ट ट्रेडिङलाई जिम्मा दिनुपर्ने

Nimb long ad
Prabhu Insurance Long Ad
वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लकडाउनका कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर बसेको यस वर्षको कोटाको २१ हजार ५ सय टन युरिया मलको अन्तिम खेपकाे मल भारतबाट नेपालमा आउँदै गरेको छ ।
कर्पाेरेसनले हालसम्म करिब साढे १७ हजार टन युरिया मल गत भदौ ९ गते यता वीरगञ्ज नाका भएर नेपाल भित्राइ सकेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्ता बन्दरगाहमा अडकिएर बसेको रसायनिक मल यूरिया गत भदौ ९ गते देखि वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाहमा आईपुगेसंगै हालसम्म सात रयाक अर्थात करिब साढे १७ हजार टन मल आईसकेको छ ।
अन्तिम खेप मध्येको एक रयाक (२५०० टन ) अर्थात ५० हजार बोरा रसायनिक मल यूरिया सिमावर्ती सहर रक्सौल आईपुगेको साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले जानकारी दिनुभएको छ ।
श्रीर्सिया सुख्खा बन्दरगाहमा आईपुगेको सात रयाक अर्थात करिब साढे १७ हजार टन रसायनिक मल यूरिया मललाई साल्ट ट्रेडिङ कर्पोरेशन केन्द्रीय कार्यालयको निर्देशन अनुसार सिन्धुलीदेखि कञ्चनपुर महेन्द्रनगरसम्म गरी १९ जिल्लामा पठाइ सकिएको र अन्तिम खेपमा आएको रसायनिक मल यूरिया मल पनि आउने बित्तिकै पठाईने कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले जानकारी दिएका छन । याे मल हिउँद यामका लागि प्रयाेग गर्न खरिद गरिएकाे हाे ।
मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुर लगायतका जिल्लामा वितरणका लागि वीरगञ्जबाट रसायनिक मल युरिया पठाई सकिएको छ । यी जिल्लामा अब युरिया मलकाे अभाव किसानले भाेग्नु पर्ने छैन।
साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जले थप केही जिल्लामा पठाउनका लागि साल्ट ट्रेडिङ कर्पोरेशनको वीरगञ्ज स्थित गोदामहरुमा युरिया मलको केही परिमाण मौज्दातमा राखिएको छ। पर्साका किसानहरुका लागि साउन महिना यता २२ हजार बोरा बाँढी सकिएको छ ।
पर्सामा ३०, ५०, ७० र ७० गरी एक सहकारीलाई करिब २ सय २० बोरा दिई सकिएको र अझै सहकारीहरुलाई ७० बोराका दरले दिने लक्ष्य राखेका छौं । पर्सा जिल्लामा १६ सय टन युरिया मल बाँडने योजना छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको यो यूरिया रसायनिक मलमा नेपाल सरकारको १ हजार २ सय ४७ रुपैया २६ पैसा प्रति बोरा अनुदान रहेको छ ।
औसत मूल्य १ हजार ९ सय ४७ रुपैया २६ पैसामा आयात गरिएको यस युरिया मलको ५० किलोग्रामको तौल भएको एक बोरामा सरकारको अनुदान रकमका कारण किसानले औसत मुल्य ७ सयमा खरिद गर्न पाउने छन् ।
सरकारले औसत मूल्य ७ सय तोकिदिए पनि सहकारीहरुले मनपरीरुपमा अधिकतम ९५० रुपियाँ बोरासम्म किसानलाई बिक्री गर्ने गरेको गुनासो पनि किसानहरुबाट सुनिदै आएको छ ।
कृषि सामग्री कम्पनी लि.ले साउनको अन्तिममा आयात गरिसक्नु पर्ने यूरिया मल आयात नगर्दा देशभर मलको हाहाकार भएको छ ।
किसानले धान बालीमा हाल्ने मल पाउन नसक्दा धान बाली उप्पादनमा कमी आउने छ। कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका सूचना अधिकारी गोरखनाथ केसीले साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको युरिया मल वितरण गरि सकिएपछि मात्र कृषि सामग्री कम्पनीको युरिया मल आउने बताएका छन ।
नेपालमा आयात गरिने रसायनिक मलको ७० प्रतिशत कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत आयात गर्ने व्यवस्था छ। कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जमा गत जेष्ठ १५ गतेदेखि नै युरिया मल छैन ।
अब सरकारले समयमा मल आयात गर्न नसक्ने कृषि सामाग्री कम्पनी मार्फत ल्याउने काेटाकाे मल आयातकाे जिम्मेवारी पनि साल्ट ट्रेडिङ मार्फत ल्याउन दिएर वितरण गर्ने व्यवस्था मिलाउन पर्दछ। अनि मात्र देशभर समयमै प्रयाप्त मल किसानले पाउन सक्ने वातावरण बन्दछ।
IME Life
kumari