stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । मकवानपुर, मनहरी गाउँपालिका–६ लोथर खोलाको ड्याम साईडबाट करिब १ सय केजी अवैध लागूऔषध गाँजासहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–४ बस्ने २७ वर्षीय मदन कोईराला, सोही गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल खाँड ठकुरी र ३० वर्षीय टलकबहादुर घलान रहेका छन् ।

अवैध लागूऔषध गाँजा लिएर आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले ६ वटा बोरामा ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

prabhu mahalaxmi
kumari