stcnepal long ad
nabil bank
macchha(MBL)

रक्तचन्दनको कारोबार गरेको अभियोगमा ४ जना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रक्तचन्दनको कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुलीबाट ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा नुवाकोट किस्पाङ गाउँपालिका–५ ठण्डापानी घर भई काठमाडौं –६ बौद्ध तीनचुली बस्ने २८ वर्षीय ओम बहादुर तामाङ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, काभ्रे तिमाल गाउँपालिका–८ घर भई ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–६ घर भई बौद्ध तीनचुली बस्ने ४२ वर्षीय लाक्पा लामा रहेका छन् ।
अवैध रुपमा रक्तचन्दनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बौद्ध तीनचुलीस्थित डमरु फर्निचर कारखानाभित्र रहेको सुनिल तामाङको कोठामा बिक्री गर्ने उद्देश्यले राखेको २१ केजी रक्तचन्दन जस्तो देखिने करिब १ लाख ८६ हजार १ सय ५० रुपैयाँ मूल्य बराबरको दुई वटा मुडा बरामद गरेको हो ।
उक्त रक्तचन्दन आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

prabhu mahalaxmi
kumari