stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

यूनियन लाइफ इन्स्योरेन्स चौथौ बर्षमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो बर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा ब्यावसाय बृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले कारोवार संचालन गरेको तेश्रो बर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको छ, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भन्नुभयो, “कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने छौं ।” कम्पनीले बीमा समितिबाट २०७४ असोज ४ गते कारोवार संचालनको अनुमति पाएको थियो ।

कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु सहज र ब्यवस्थित रुपमा उपलब्ध गराउदै आएको छ भने कम्पनीका बीमा योजनाहरु उत्कृष्ठ प्रकारको रहेको कारण बीमा गर्नेहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

कम्पनीको २ अर्ब १५ करोड जारी पुंजी रहेको छ । सो जारी पुंजीको ३० प्रतिशतले हुने साधारण शेयर चाडै नै सर्वसाधारण समक्ष निश्कासन गर्ने तयारी कम्पनीले गरिहेको छ ।

कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिपकुमार अग्रवाल र जीवनकुमार अग्रवाल रहनु भएको छ ।
यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।
कम्पनीले आफनो चौथौै बार्षित्वसको अवसरमा यस स्थानसम्म ल्याउन सहयोग गर्ने बीमा समिति, बीमीत ,अभिकर्ता, र कम्पनीमा आवद्ध सम्पूर्णलाई आभार प्रकट गरेको छ ।

prabhu mahalaxmi
kumari