stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

साझा यातायातले भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साझा यातायातले भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएका कारण ठप्प रहेको साझा यातायातका छोटो रुटहरुका बसहरु यसअघिबाटै संचानलनमा छन् ।

सरकारले सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै यातायात सेवा संचालन गर्न अनुमति दिएसँगै केहि दिन अघिबाट गाडिहरु संचालनमा आइसकेका छन् ।

भोलिबाट साझाले पनि काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङका रुटका २ वटा र बुटवल–भैरहवा–सुनौलीका २ बसहरु संचालनमा ल्याइने साझा यातायातले जनाएको छ । यात्रूहरुको भाडा भने सरकारले तोकेको जस्तै सामान्य अवस्थामा लाग्ने दरको दोब्बर हुने बताइएको छ ।

सबै बसहरु भोलि बिहान ७ बजे काठमाडौंबाट छुट्ने बताइएको छ । साझा यातायातमा गन्तव्य जाने तथा आउने यात्रुले ई सेवा अथवा साझा यातायातको कार्यालयमा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari