आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय
काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानून मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताइन् ।
सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।
कोभिड–१९ को महामारी, थ्रेस होल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेकाले निर्वाचन स्थगित गर्न प्रदेश–२ का मुख्यमन्त्री राउतले माग गरेका थिए। निर्वचान अब कहिले हुने भन्ने बारे प्रष्ट पारिएको छैन।
























