stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अब विदेशमा रहेका नेपालीले डिजिटल वालेटमार्फत रेमिट्यान्स पठाउन सक्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  विदेशमा काम गर्ने श्रमिकहरुले अब सम्बन्धित देशमा सञ्चालमा रहेका डिजिटल भुक्तानी प्रणाली मार्फत् नै नेपालमा पैसा पठाउन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेटलगायतका प्रणालीमार्फत् स्वदेशमा पैसा पठाउनका लागि बाटो खोलिदिएको हो।

राष्ट्र बैंकको यो निर्देशनसँगै अब विदेशमा रहेका नेपालीहरुले डिजिटल पेमेन्ट मार्फत सिधै रेमिट्यान्स पठाउन सक्नेछन् । यो व्यवस्था लागू भएपछि विदेशमा रहेका नेपालीहरु पैसा पठाउनका लागि बैंक वा रेमिट्यान्स कम्पनीमा भौतिक रुपमै उपस्थित हुनु पर्ने छैन ।

यसरी विदेशबाट पठाएको रकमको नेपालमा रेमिट्यान्स कम्पनीहरुले नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसका लागि नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ को साविकका व्यवस्थाका अतिरिक्त केहि शर्तहरु राष्ट्र बैंकले तोकेको छ ।

prabhu mahalaxmi
kumari