यस बर्षकोे मदन पुरस्कार चन्द्रप्रकाशलाइ, जगदम्बा–श्री पुरस्कार शान्ति ठटाललाई
काठमाडौ । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई र जगदम्बा–श्री पुरस्कार भारतको दार्जिलिङ निवासी गायिका तथा संगीतकार शान्ति ठटाललाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीको आज बसेको बैठकले दुई स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन । पुरस्कृत स्रष्टाले चार–चार लाखका दरले नगद र प्रमाणपत्र प्राप्त प्राप्त गर्नेछन ।
गतबर्षदेखि पुरस्कार राशि दोब्बर पारिएको हो । गत बर्ष प्रकाशित १ सय ५१ पुस्तकमध्येवाट बानियाँको उपन्यास महारानीले मदन पुरस्कार पाएको हो । मदन पुरस्कार २०१३ सालदेखि दिदै आएको छ । जगदम्बा–श्री पुरस्कारको स्थापना भने २०४५ सालमा जगदम्बा रानीको निधनपछि गरिएको हो ।
























