stcnepal long ad
global ime bank long

आज देशभरका अदालतमा बिदा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज देशभरका अदालत नखुल्ने भएका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

१९७६ सालमा सप्तरीमा जन्मेका सिंहले २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सेवा सुरु गर्नुभएको थियो । २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो । उहाँले २०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको थियो ।

काठमाडौंको बत्तिसपुतली बस्दै आएका पूर्व(प्रधानन्यायाधीश सिंहको ओम अस्पतालमा मंगलबार राति निधन भएको थियो । सर्वोच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले पूर्व(प्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालत सहित देशभरका अदालतमा एक दिन शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

IME Lifesidebar
kumari