जोर–बिजोर प्रणाली पालना नगर्ने २६ वटा गाडी होल्ड
काठमाडौं । काठमाडौं उपत्यकामा जोर–बिजोर पालना नगर्ने २६ वटा गाडी एकाबिहानै होल्ड भएका छन् । जोर–बिजोर नियम पालना नगर्ने ४ वटा चार पाङ्ग्रे र २२ वटा दुई पाङ्ग्रे गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
होल्ड भएका गाडीलाई बेलुका मात्रै छोडिने छ । आज जोर गते भएकाले जोर नम्बरको गाडी मात्रै चलाउन पाइन्छ । हिजो दिनभर भने ७ सय ७४ गाडी होल्ड भएकामा ५ सय ९५ दुई पाङ्ग्रे रहेका थिए ।
























