stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अक्सफोर्ड विश्वविद्यालयले कोरोना विरुद्धको खोपको फेरि परीक्षण सुरु गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरस विरुद्धको खोपको फेरि परीक्षण सुरु हुने भएको छ।

बेलायतमा भइरहेको तेस्रो चरणको विस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका केही व्यक्तिमा रियाक्सन देखिएपछि केही दिनअगाडि खोप परीक्षण रोकिएको थियो ।

विश्वविद्यालयले एस्ट्राजेनेकासँग मिलेर खोप बनाएका हो । धेरै संख्यामा खोपको परीक्षण गर्दा केही व्यक्तिमा रियाक्सन देखिनु सामान्य भएको भन्दै फेरि परीक्षणलाई निरन्तरता दिन लागिएको बीबीसीको खबरमा उल्लेख छ ।

बेलायतका स्वास्थ्य सचिव मैट हैनकाँकले रोकिएको खोप फेरि परीक्षण हुन लागेकोमा स्वागत गर्नुभएको छ । कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ ।

एस्ट्राजेनेका(अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ । तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ । अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरस विरुद्धको खोपको फेरि परीक्षण सुरु हुने भएको छ।

prabhu mahalaxmi
kumari