stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती । विभिन्न कार्यक्रम गरी वीपीको जन्मजयन्ती देशभर मनाइने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो ।

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।

भारत निर्वासनकै क्रममा उहाँको नेतृत्वमा विक्रम संवत २००३ मा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो ।प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।

दुवै दल एकीकृत भई बनेको नेपाली काँग्रेस अहिले पनि संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा क्रियाशील छ ।क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा बिपी गृहमन्त्री बनेका थिए ।

२०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

उनको प्रधानमन्त्रीत्व कालमा बिर्ता उन्मूलन गरी भूमिसुधार कार्यक्रम लागू भएको थियो । तर विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला लगायतका नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।

सुन्दरीजल बन्दी गृहमा राखिएका विपी विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएपछि आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका उनको क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

prabhu mahalaxmi
kumari