चर्को आलोचनापछि पूर्व पश्चिम रेल मार्ग बनाउने ठेक्का रद्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विवादित ३२ अर्बको ५४ वटा पूर्व पश्चिम रेल मार्ग बनाउने ठेक्का रद्द भएको छ । रेल विभागले आइतबार इनरुवा–काँकडभिट्टा सडक खण्डको रेलमार्गमा (ट्रयाक बेड निर्माण) का लागि आह्वान गरेको ३२ अर्बको ठेक्काको सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।

सार्वजनिक खरिद ऐन, महालेखा परिक्षकको कार्यालय र अख्यितार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरीत जग्गा प्राप्ति नै नभइ राजनीतिक पहुँच र प्रभावका आधारमा आह्वान गरिएको ठेक्का रोक्न चौतर्फी दबाब परेपछि सरकार निर्णय लिन बाध्य भएको हो।

ठेक्का रद्द गरिएको बारे रेल विभागले मंगलबार सार्वजनिक सूचना समेत जारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले पनि ठेक्का रद्द गरिएको जानकारी  दियो। रेलमार्गमा पर्ने बजार क्षेत्रको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपयोग गरेको जग्गाको मुअब्जा वितरण समेत नगरी निर्माणको ठेक्का लगाउनु गलत भएको भन्दै चर्को विरोध भएको थियो ।

IME Lifesidebar
kumari