stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइएमई लिमिटेडका अध्यक्ष महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

२८ माघ, २०७६ काठमाडौं । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई उक्त सम्मान प्रदान गर्नुभएको थियो ।
बैंकिङ्ग प्रणाली मार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्रयाई मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढकाललाई उक्त सम्मान प्रदान गरेको छ ।
ढकाल यस अघि सन् २०१४ मा पनि उक्त सम्मानबाट सम्मानित हुनुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालको बैंक, वित्त तथा अन्य सेवामूलक क्षेत्रमा लगानी रहेको छ । केन्द्रले ढकाल लगायत २५ जना विभिन्न व्यक्तित्वहरुलाई उक्त सम्मान प्रदान गरेको छ ।

IME Lifesidebar
kumari